Nishahaya Sewa Sadan

कार्य संचालन

निसहाय सेवा सदन – सेवा, स्रोत र भविष्यका योजना

निसहाय सेवा सदन ११ जना कर्मचारी र विभिन्न उपसमितिहरूको संयोजनमा ज्येष्ठ नागरिक आवास गृह, स्वास्थ्य, शिक्षा, धार्मिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ

यस सेवा सदनको उद्देश्य अनुरुप कार्य संचालन गर्न एक कार्य समिति रहेको र सो अन्तर्गत ज्येष्ठ नागरिक आवास गृह संचालन, आर्थिक, धार्मिक, सामाजिक, निर्माण युवा परिचालन तथा स्वास्थ्य र शिक्षा आदि उपसमितिहरु गठन गरिएको छ । साथै नियमित प्रशासनिक तथा अन्य दैनिक कार्यक्रमहरु सुचारु रुपले संचालन गर्न हाल ११ जना कर्मचारीहरु कार्यरत छन् ।

सेवा सदनको आर्थिक स्रोत

  • यस सेवा सदनको स्थापना कालदेखि यस संस्थाका आजीवन, श्रेयस्कर सदस्य शुल्क तथा विभिन्न संघसंस्था तथा उदारमना दाताहरुबाट प्राप्त रकम र सो रकमलाई बैंकमा राखी सोबाट प्राप्त हुने व्याज।
  • ज्येष्ठ नागरिक आवासगृहमा आािश्रत ज्येष्ठ नागरिकहरुको उपचारको लागि खोलिएको औषधी उपचार कोषमा जम्मा भएको रकम ।
  • महिला, वालवालिका तथा समाजकल्याण मन्त्रालयबाट वार्षिक प्राप्त हुने रकम ।
  • इच्छुक दाताहरुबाट प्रति महिना प्राप्त हुने नगद तथा खाद्यान्न सहयोग।
  • इच्छुक दाताहरुबाट विभिन्न पर्व तथा तिथिहरुमा खाना, खाजा खुवाउन आउने तथा लत्ताकपडा वितरण गर्ने आदि।
  • मञ्चुका स्मृतिकोषबाट हरेक वर्ष ज्येष्ठ नागरिकलाई प्रदान गर्ने सहयोग रकम यस सेवा सदन लाई बिगत १० बर्ष देखी निरन्तर प्रदान गर्दै आयको छ।

सेवा सदनलाई हालसम्म प्राप्त कदरपत्र एवं पुरस्कार

  • वि.स. २०५८ सालमा कान्तिपूर फाइनान्स तथा सहकारी संस्थाबाट नगद रु. १०,०००। र कदर पत्र।
  • वि.स. २०५९ सालमा नेपाल सरकार महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयबाट उत्कृष्ट समाज सेवा राष्ट्रिय सम्मान पत्र ।
  • वि.स. २०५९ सालमा भुपालमान सिंह कार्की तथा प्रज्ञा परिषद्बाट समाज सेवा पुरस्कार स्वरुप नगद रु. ५०,०००  र सम्मानपत्र ।
  • वि.स. २०६० साल भारती खरेल प्रतिष्ठानबाट भारती खरेल पूूरस्कार नगद रु. ५१,००० र सम्मान पत्र ।
  • संकल्प नेपालबाट उत्कृष्ट ज्येष्ठ नागरिक आवासगृह सम्मानपत्र – २०७० सालमा ।
  • जनहित सेवा प्रतिष्ठानसम्मानपत्र तथा र. २०,००० । नगद प्राप्त –२०७१ ।
  • विभिन्न संस्थाबाट ीभततभच या ब्उउचभअष्बतष्यल।
  • एनपिटीसी लि.बाट २०७३ मा नगद ११,१११÷– तथा सम्मान पत्र प्रदान

सेवा सदनका भावी योजना तथा कार्यक्रमहरु

यो सेवा सदन विसुद्ध उदारमन दाताहरुको सहयोग र सद्भावनाबाट संचालित एक सामाजिक संस्था भएकोले, यसले हालसम्म संचालन गरेका र भविष्यमा संचालन गरिने कुनै पनि कार्यक्रमको लागि आदरणिय उदारमनादाता महानुभावहरु एवं सदस्यहरुको महत्वपूर्ण भूमिका रहन्छ । यिनै कुरालाई मध्य नजर राख्दै सेवा सदनले निकट भविष्यमा तपसिल अनुसारको थप कार्यक्रम संचालन गर्ने लक्ष्य राखेको छ।

  • सेवा सदनमा रहने ज्येष्ठ नागरिकहरुलाई नियमित सेवा तथा भोजन आदिको लागि मुद्धती कोषमा रकम अभिवृद्धि गर्ने प्रयासलाई निरन्तरता दिँदै अन्य औषधोपचार गर्न स्थापित औषधोपचार कोषमा रकम अभिवृद्धि गरिने ।
  • विपन्न परिवारका केटाकेटीहरुको पढाईको लागि शैक्षिक छात्रवृति कोषको स्थापना गरिएकोमा कोषमा रकम अभिवृद्धि गरिने ।
  • यस सेवा सदनको उत्तर तर्फको २ रोपनी १ आना १ पैसाको खाली जग्गामा दाताहरु खोजी गरी सम्पन्न ज्येष्ठ नागरिकहरुलाई व्यवस्थित तरिकाबाट सेवा प्रदान गर्न सुविधा जनक भवन निर्माण गर्ने ।
  • ज्येष्ठ नागरिकको संख्या वृद्धि गर्दै नीजहरुलाइ गुणात्मक सेवा प्रदान गर्ने ।
  • लक्ष्मी नारायणको मन्दिरमा नियमित पूजा भजन,तथा सेवा सदन परीषरमा धार्मिक  प्रबचन, अन्य सामाजिक कार्यक्रम संचालन गर्ने ।

नि:सहाय सेवा सदनका संस्थापक सदस्यहरू

  • श्री सगुन शाह
  • श्री करुणा गोविन्द श्रेष्ठ
  • श्री मोहनप्रसाद श्रेष्ठ
  • श्री कृष्णप्रसाद श्रेष्ठ
  • श्री विनायक शाह
  • श्री विष्णु राज कार्की
  • श्री हरिसम्स्त न्यौपाने
  • श्री चिवन लाल श्रेष्ठ
  • श्री गोविन्ददास भट्टाई
  • श्री बाबुराम पौडेल
  • श्री कमलप्रसाद श्रेष्ठ
  • श्री विद्यु विक्रम शाह
  • श्री प्रयागमान कायरथ