Nishahaya Sewa Sadan

आश्रमलाई कसरी सहयोग गर्न

निसहाय सेवा सदनलाई सहयोग गर्ने तरिका

निसहाय सेवा सदन असहाय ज्येष्ठ नागरिक, अनाथ बालबालिका तथा विपन्न समुदायका लागि दानदाताहरुको सहयोग र सद्भावनाबाट सञ्चालन भइरहेको एक गैर–सरकारी संस्था हो। यस संस्थालाई सहयोग गर्ने विभिन्न तरिकाहरु रहेका छन्, जसको माध्यमबाट इच्छुक व्यक्तिहरूले आफ्नो योगदान दिन सक्नुहुन्छ।

नगद वा जिन्सी सामान बुझाउन चाहने व्यक्तिले कार्यालयमा सम्पर्क गरी रकम वा सामान बुझाई आधिकारिक रसिद लिन सक्नुहुन्छ। यसरी प्राप्त भएको सहयोगलाई संस्थाले पारदर्शी ढंगले ज्येष्ठ नागरिक तथा आश्रित बालबालिकाको जीवनस्तर उकास्न प्रयोग गर्दै आएको छ।

आश्रमबाट प्रदान गरिने सेवा र सुविधाहरु

  • खाना बस्नेको व्यवस्था,
  • आवश्यक लत्ता कपडा,
  • औषधि उपचार, तथा नियमित स्वास्थ्य जाँच,
  • चाडपर्व आदि मा परम्परा अनुसार खाना भजन, कीर्तन आध्यात्मिक प्रवचन, तीर्थाटन, योगाभ्यास तथा अन्य धार्मिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु,
  • प्यारो सुसार को लागि केयर गीभर, नर्स, कर्मचारी, तथा अन्य विभिन्न देशी तथा विदेशी संघ संस्थाबाट आउने स्वयं सेवकहरु,
  • मृत्यु पश्चात आफन्तले लिजान चाह्यो भने लासलाई जिम्मा लगाई दिने अन्यथा आश्रमबाट पशुपति आध्यात्मिक ब्राह्मणद्वारा बागमती किनारै अन्तिम संस्कार गर्ने, साथै १३ औ दिनमा ऋद्रि गराउनेको साथै मन्दिरमा भजन गराई प्रसाद वितरण गर्ने।

आश्रम प्रवेशका आधारहरू

  • ६० वर्ष पुगेको नेपाली नागरिक,
  • अनाथ, असहाय, विपन्न वर्ग लालपालन गर्ने कोही नभएका,
  • परिवार भएका, तर परिवारबाट अपहेलित भएका,