Nishahaya Sewa Sadan

संस्थाको विवरण

सहयोगका लागि प्रस्तावना

निःसहाय सेवा सदन, मिनभवन–शान्तिनगर, काठमाडौंमा दर्ता भएको समाजसेवी संस्था हो जसले २०४८ सालदेखि ज्येष्ठ नागरिक र असहाय वर्गलाई आश्रय र सेवा प्रदान गर्दै आएको छ।

यस निःसहाय सेवा सदन अन्तर्गत संचालित वृद्धआश्रम संचालनको लागि कुनै पनि दातृ संस्थाको सहयोग नभएको र सेवा सदनको पहलबाट र स्थानीय समाज सेवा तथा दाताहरुको सहयोगबाट संचालन गरिएको हुँदा सहयोगबाट प्राप्त भएको रकम मृद्दती खातामा राखी सो को व्याजबाट खर्च गरिएकोमा घट्दो बैंक व्याज दरले गर्दा सेवा सदनको लक्ष्य अनुसार जेष्ठ नागरिकहरुको लालनपालन गर्न मुस्किल भएको र वृद्धहरुको बस्न आउने चाप बढ्दो भएको हुँदा सेवा सदनको खाली स्थानमा पिडीत जेष्ठ नागरिकलाई खुवाउने रकमको अभावले आश्रममा राखी सेवा गर्नको लागि प्रस्तावित बजेटमा नपुग रकम अनुदान प्राप्त भए यस पवित्र सेवामा लागेको सामाजिक संस्थालाई ज्यादै सजिलो हुने आशा राख्दै यो प्रस्तावना बनाएको छ ।

. संस्थाको विवरण : 

नाम : निःसहाय सेवा सदन
ठेगाना : का.जि.का.म.न.पा., वडा नं. ३४, मिनभवन, शान्तिनगर
दर्ता नं. : जिल्ला प्रशासन कार्यालय ४३०।०४७।४८
दर्ता मिति : २०४८।१।०५
स्थान : मीनभवन, शान्तिनगर

क) अन्तिम दर्ता नविकरण अवधि :

मिति : २०८३ असार मसान्तसम्म

ख) समाज कल्याण परिषदसँगको अवद्धता :– ५१२

मिति : २०४८।०८।२४ गते

ग) संस्थाको सम्पर्क व्यक्तिको नाम :

१. करुणा गोविन्द श्रेष्ठ – अध्यक्ष
फोन नं. : ४६२२७७५, ९८५१०८५४४२
२. प्रेम प्रसाद उप्रेती
पद : प्रसासकिय अघिकृत
ठेगाना : निःसहाय सेवा सदन
फोन नं. : ४१०७६३८, घर : ९८४१३८०४१६,

घ) संस्थाको लेखा परिक्षण सम्बन्धमा

२०४९ सालदेखि २०८२ असार मसान्तसम्म नियमित लेखापरीक्षण भइरहेको

२. संस्थाको उद्देश्य :

  • नेपाल अधिराज्यभित्र दैवी प्रकोप, भवितव्य वा दुर्घटना पर्दा आवश्यक सहयोग पु¥याउने ।
  • समाजको दिन, हिन, असहायहरुलाई सहयोग गर्ने ।
  • बालकहरुको लागि अनाथालय, विद्यालय एवं वृद्ध महिला तथा पुरुषको लागि वृद्धाश्रम एवं सेवाश्रमहरु संचालन गर्ने ।
  • हिन्दु धर्म संस्कृतिको संरक्षण एवं सम्वर्धन गर्नुमा साथै हिन्दु धर्मलाई समय सापेक्ष बनाई त्यसको प्रचार प्रसार गर्ने ।
  • सबै जस्तो वर्ण लिङ्गको भेदभाव नराखी प्रजातान्त्रिक सरकार अनुरु एक संगम स्थलको रुपमा विकसित गर्ने ।
  • असहाय एवं दीहिनहरुको आर्थिक स्थितित वृद्धि गर्न कार्य मुलक परियोजनाहरु संचालन 
गर्ने ।

३. संस्थाले प्राप्त गरेको सम्मानहरु :

  • समाज कल्याण मन्त्रालयबाट जेष्ठ नागरिकको क्षेत्रमा उत्कृष्ठ कार्य गरेकोमा सम्मान पत्र ।
  • भुपालमान सिंह समाज सेवा पुरस्कार रु. ५०,०००।– प्राप्त गरेको ।
  • कान्तिपुर फाइनन्सबाट समाज सेवा क्षेत्रमा उत्कृष्ठ कार्य गरेकोमा रु. १०,०००।– पुरस्कार प्राप्त गरेको
  • भारती खरेल समाज सेवा पुरस्कार रु. ५१,०००।– प्राप्त गरेको ।

४. संस्थाको साधन :

  • यस सेवा सदनको स्थापना कालदेखि सेवा सदनका सदस्यहरु र विभिन्न स्थानीय सहयोगी नेपाली दाताहरुबाट प्राप्त रकमलाई सेवा सदनले १ अक्षय कोष खडा गरि प्राप्त रकमलाई मुद्दती खातामा राखी सो बाट प्राप्त हुने व्याजबाट ४३ जना वृद्धहरुलाई र १ जना बालिकालाई सेवा पु¥याउदै आएको छ ।
  • सेवा सदनको वृद्धाहरुको लालनपालन, हेरविचार र कार्यालय सञ्चालनको लागि ११ जना कर्मचारीलाई नियुक्त गरि रोजगार प्रदान गरिएको छ ।

५. संस्थाको भौतिक साधन :

यस सेवा सदनको भवन निर्माण गरिएको जग्गा र खाली जग्गा गरि ४ रोपनी ४ आना २ पैसा जमिन रहेको छ । उक्त जमिनमा निर्माण रहेको छ । उक्त जमिनमा निर्माण रहेका भौतिक साधन

  • वृद्धाश्रम भवन – १
  • लक्ष्मी नारायणको मन्दिर – १
  • पालेघर – १

६. संस्थाले हालसम्म गरेका कार्यहरू :

  • धर्म, उदारता र श्रेष्टको आध्यात्मिक दर्शनबाट प्रेरित भई निर्मित एक सुन्दर भवनमा वि.सं. २०५२ सालदेखि जेठ नागरिक आश्रम गृह संचालन गर्दै आइरहेकोमा बस्न चाहने नवप्रवेशिकाहरूको बढ्दो माग र आवश्यक्ता दृष्टिगत गरी विभिन्न दाता सहयोगकर्ताहरूको सहयोगबाट क्रमशः दोस्रो र तेस्रो तल्ला थपि हाल यस आश्रममा ३२ जना महिला र १७ जना पुरुष गरी जम्मा ४९ जना वृद्धवृद्धाहरूलाई अति प्रेमपूर्वक निःशुल्क आवास प्रदान गर्दै आएको छ
  • यसर्थको महान कार्यमा दिन प्रतिदिन श्रीमती बिन्दावासिनी मन्दिरमा दैनिक पूजा, प्रार्थना, ध्यानमग्नता, धार्मिक प्रवचन तथा विशेष पूजापाठ, दान तथा अन्य विभिन्न धार्मिक कार्य गरिएका छन्। साथै, प्रत्येक वर्ष तीजको अवसरमा महिला भक्तजनहरूको निम्ति भव्य भजनकिर्तन तथा तीजगीत प्रतियोगिता आयोजना गर्दै आएका छन्। यसबाट प्राप्त हुने रकम यस आश्रम सञ्चालनमा प्रयोग गरिएको छ।
  • विगत वि.सं. २०५६ सालदेखि नेपाल सरकारको सहकार्यमा यस आश्रममा निःशुल्क आयुर्वेदिक औषधि वितरण कार्यक्रम सञ्चालन गरिएको छ। साथै, नेपाल सरकारको स्वास्थ्य मन्त्रालयद्वारा संचालित एक जना आयुर्वेदिक चिकित्सकले हरेक दिन बिहान ९:०० देखि बेलुकी ५:०० बजेसम्म निःशुल्क उपचार सेवा प्रदान गर्दै आएका छन्।
  • अत्तिरिक्त रूपमा विभिन्न चाडपर्वहरू जस्तै ल्होसार, होली, तिहार, दशैंमा आश्रमका वृद्धवृद्धाहरू तथा बालबालिकाहरूलाई आउनुपर्ने मानसिक, सामाजिक र सांस्कृतिक कार्यक्रम संचालन गर्दै आएका छन्।
  • विगत २० वर्षदेखि प्रत्येक महिनाको दोस्रो शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी स्थानीय बासिन्दाहरूलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ।
  • आश्रमका वृद्धवृद्धाहरूलाई निःशुल्क खाना, वस्त्र, औषधि तथा अन्य आवश्यकताहरूको सुविधा उपलब्ध गराइएको छ।
  • विपन्न तथा असहाय परिवारका बालबालिकालाई शिक्षा प्राप्त गर्न छात्रवृत्ति प्रदान गरिएको छ। हाल १२ जना बालबालिकाले छात्रवृत्ति प्राप्त गरिरहेका छन्।