निसहाय सेवा सदन ११ जना कर्मचारी र विभिन्न उपसमितिहरूको संयोजनमा ज्येष्ठ नागरिक आवास गृह, स्वास्थ्य, शिक्षा, धार्मिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ
यस सेवा सदनको उद्देश्य अनुरुप कार्य संचालन गर्न एक कार्य समिति रहेको र सो अन्तर्गत ज्येष्ठ नागरिक आवास गृह संचालन, आर्थिक, धार्मिक, सामाजिक, निर्माण युवा परिचालन तथा स्वास्थ्य र शिक्षा आदि उपसमितिहरु गठन गरिएको छ । साथै नियमित प्रशासनिक तथा अन्य दैनिक कार्यक्रमहरु सुचारु रुपले संचालन गर्न हाल ११ जना कर्मचारीहरु कार्यरत छन् ।
यो सेवा सदन विसुद्ध उदारमन दाताहरुको सहयोग र सद्भावनाबाट संचालित एक सामाजिक संस्था भएकोले, यसले हालसम्म संचालन गरेका र भविष्यमा संचालन गरिने कुनै पनि कार्यक्रमको लागि आदरणिय उदारमनादाता महानुभावहरु एवं सदस्यहरुको महत्वपूर्ण भूमिका रहन्छ । यिनै कुरालाई मध्य नजर राख्दै सेवा सदनले निकट भविष्यमा तपसिल अनुसारको थप कार्यक्रम संचालन गर्ने लक्ष्य राखेको छ।