Nishahaya Sewa Sadan

परिचय

निःसहाय सेवा सदन – असहायको सहारा

वि.सं. २०४८ मा स्थापना भएको निसहाय सेवा सदनले स्थापना कालदेखि नै असहाय ज्येष्ठ नागरिक, अनाथ बालबालिका र विपन्न समुदायलाई आश्रय, शिक्षा, स्वास्थ्य सेवा तथा सामाजिक सहयोग उपलब्ध गराउँदै आएको छ। “असहायको सहारा” भन्ने मूल मन्त्रका साथ अघि बढेको यस संस्थाले विगत तीन दशकदेखि निरन्तर समाजसेवामा समर्पित भई मानवता र करुणाको भावनामा आधारित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

यस संस्थाले आवास गृहमार्फत असहाय ज्येष्ठ नागरिकलाई सुरक्षित आश्रय मात्र होइन, आत्मसम्मानपूर्वक जीवनयापन गर्ने वातावरण पनि उपलब्ध गराइरहेको छ। त्यस्तै, अनाथ तथा विपन्न बालबालिकाका लागि छात्रवृत्ति, शैक्षिक सामग्री वितरण, र शैक्षिक अवसर विस्तारमा पनि सक्रिय योगदान दिँदै आएको छ। साथै, स्वास्थ्य शिविर, निःशुल्क उपचार, आपत्कालीन राहत वितरण, र धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमार्फत स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

निशैय सेवा सदन आर्थिक तथा सामाजिक विविधता र विद्यमान नेपाली समाज भित्र बसोबास गर्ने गरिब, असहाय र टुहुराहरूलाई उनीहरूको आवश्यकता अनुसार सहयोग गर्ने र कुनै पनि प्राकृतिक प्रकोप, दुर्घटना, मृत्यु वा विपत्तिको अवस्थामा आवश्यक सहयोग प्रदान गर्ने, विभिन्न कारणले घरबारविहीन वा परिवारबाट बेवास्ता गरिएका ज्येष्ठ नागरिकहरूका लागि ज्येष्ठ नागरिक आवास गृह र सेवा गृह सञ्चालन गर्ने, कुनै भाग्य वा अन्य कारणले अभिभावकविहीन भएका अनाथ बालबालिकाहरूलाई सुरक्षा प्रदान गर्न अनाथालय र विद्यालय सञ्चालन गर्ने र नेपालीहरूको सामाजिक, सांस्कृतिक, धार्मिक र मानसिक विकासलाई हरसम्भव सहयोग गर्ने पवित्र उद्देश्यका साथ सामाजिक कार्यकर्ताहरूको समूहद्वारा स्थापित गैर-सरकारी सेवामुखी सामाजिक संस्था हो। यो २०४८ सालमा नेपाल सरकार र समाज कल्याण परिषद्मा विधिवत दर्ता भएको थियो।

  • प्राकृतिक प्रकोप, विपद्, दुर्घटना वा आकस्मिक घटनामा परेका नागरिकलाई आवश्यक सहयोग पुर्‍याउने।

  • समाजमा विभिन्न कारणले अशक्त, असहाय वा अपाङ्ग अवस्थामा रहेका नागरिकलाई सहयोग पुर्‍याउने।

  • परिवारविहीन, असहाय, विपन्न तथा अशक्त ज्येष्ठ नागरिकलाई आश्रय दिने उद्देश्यले आवास गृह सञ्चालन गर्ने।

  • अनाथ तथा विपन्न परिवारका बालबालिकाको लागि अनाथालय खोली सहयोग पुर्‍याउने।

  • जाति, वर्ग, लिङ्ग, धर्म, संस्कृति आदिको भेदभाव नगरी सबैलाई समान रुपमा सम्मान गर्ने वातावरण सिर्जना गर्ने।

  • आवास गृहमा बस्ने ज्येष्ठ नागरिकका सीप र अनुभवलाई उपयोग गरी आयआर्जनका परियोजना सञ्चालन गर्ने।

विगत वर्षदेखि हालसम्मका प्रमुख कार्यहरु ।

  •  उदारमन दाता स्व. उदयलाल श्रेष्ठको आर्थिक सहयोगबाट सुरुमा निर्मित एक तल्ले भवनमा वि.स. २०५२ सालदेखि ज्येष्ठ नागरिक आवास गृह संचालन हुँदै आइरहेकोमा आश्रममा बस्न चाहने ज्येष्ठ नागरिकहरुको बढ्दो माग र आवश्यकतालाई ध्यानमा राखी विभिन्न दाता महानुभावहरुको सहयोगबाट क्रमशः दोस्रो र तेस्रो तल्ला थपी हाल यस आश्रममा ३६ जना महिला र ५ जना पुरुष गरी जम्मा ४१ जना ज्येष्ठ नागरिकहरु एउटै परिवारका रुपमा सेवा पाउँदै आएका छन् ।
  • डा. सुश्री विजयालक्ष्मी श्रेष्ठको आर्थिक सहयोगमा निर्मित यस संस्थाबाट संचालित सत्सङ्ग गृहमा पितृकार्य गर्ने विभिन्न महानुभावहरुलाई नियमित रुपले सहयोग पु¥याउँदै आइरहेको छ । हाल उक्त भवनमा विभिन्न दाताहरुको सहयोगबाट दोस्रो तल्ला थपी पितृ कार्यमा थप सहयोग पुगेको छ ।
  • यससेवा सदनको परिसर भित्र स्व. एन.के सिंह र श्रीमती प्रमिला सिंहबाट निर्मित लक्ष्मीनारायण मन्दिरमा दैनिक पूजा, प्रत्येक महिनाको १ गते विशेष पूजा तथा भजन र प्रत्येक हप्ताको बुधवार साई भजन तथा हरेक एकादशीमा एकादशी कथा बाचन, अध्यात्मिक प्रवचनहरु नियमित रुपले गर्ने व्यवस्था गरिएको छ र प्रत्येक वर्ष मन्दिरको स्थापनाको दिन विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
  • वि.स. २०५५ सालमा नेपाल इन्स्यूरेन्स कम्पनिको आर्थिक सहयोगमा यस संस्थाको थप लगानीमा सानो भान्सा घरको निर्माण गरी सेवा पु¥याउँदै आएकोमा उक्त भान्सा घर सानो भई सो भत्काएर सोहि स्थानमा विभिन्न दाताहरुको आर्थिक सहयोगमा दुईतल्ले पक्कि भवन निर्माण गरिएको छ । उक्त भवनको पहिलो तल्लामा भान्सा तथा ५० जना लाई एकै पल्ट खुवाउन मिल्ने म्ष्लष्लन ज्बिि तथा दोस्रो तल्लामा १५० सिट भएको आधुनिक हल निर्माण गरिएको छ ।
  •  उक्त आधुनिक हलमा प्रत्येक विहान ५ बजे देखि ७ बजेसम्म २ घण्टा यस संस्थाका ज्येष्ठ नागरिकहरु तथा बाहिरबाट आउने व्यक्तिहरुलाई पँतञ्जली योगको प्रशिक्षणको कार्यक्रम संचालन गरिएको छ ।
  •  गत १० वर्ष देखि प्रत्येक दिन विहान १ घण्टाको बह्माकुमारी राजयोग सेवा केन्द्र (ओम् शान्ती) बाट आध्यात्मिक प्रवचन नियमित रुपले सञ्चालन भईरहेको छ ।
  • उक्त हलमा समय समयमा विभिन्न कार्यक्रमहरु संञ्चालन गर्दै आएको छ ।
  • यस संस्थामा आश्रित ज्येष्ठ नागरिकहरुको स्वास्थ्योपचारको लागि चिकित्सक तथा नर्सको व्यवस्था गरिएको छ । साथै समय समयमा विभिन्न अस्पताल तथा संस्थाहरुको  विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरीएको छ ।
  •  गरिब तथा जेहेन्दार वालवालिकाहरुको लागि एक शैक्षिक कोषको स्थापना गरी छात्रवृति प्रदान गर्ने व्यवस्था गरिएको छ । हाल १२ जनालाई छात्रवृति प्रदान गरिएको छ ।कार्य संचालन